Sagun Khabar
 सुदूरपश्चिममा शुक्रबार ५९६ जनाले कोरोना जिते, कोरोनाबाट ११ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार ५९६ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५९६ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै शुक्रबार प्रदेशभरी आज कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । निर्देशनालयको पछिल्लो विवरण अनुसार कञ्चनपुरका ९, बैतडी र अछामका १÷१ जनाको मृत्यु भएको हो ।

यस्तै प्रदेशभरी आज थप १ हजार ९० जनामा कोरोना पुष्टि भएको छ । २ हजार ६४७ नमूना परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update