बझाङको बित्थडचीर –१ को वडा अध्यक्षमा कांग्रेसका बोहरा विजयी 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन् । मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन् र माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरेका छन्।
उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन्  । कुल एक हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो । 
 
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १५:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
