Sagun Khabar
प्रधानमन्त्री देउवाले गरे मतदान

डडेल्धुरा- नेपाल काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।  उनले गृह पालिका गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ मा मत खसालेका हुन्। 

स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका पुगेका थिए। शुक्रवार विहान उनले ९ बजेर ५५ मिनेटमा मत खसालेका जानकारी प्राप्त भएको छ। 

विभिन्न चुनावी सभा तथा मत खसाल्न प्रधानमन्त्री देउवा २५ गतेदेखि सुदूरपश्चिममा छन्। २६ गते धनगढीको चुनावी सभामा सहभागी भएपछि उनी गृह जिल्ला डडेल्धुरा गएका थिए। त्यसपछि उनी २७ गते धनगढी फर्किका थिए। मतदानपछि उनी काठमाडौं जाने तालिका रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update