बझाङमा १४ बर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान बझाङ प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
धामीले  मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा एक किशोरीलाइ बलात्कार गरेको आरोप लागेको हो । पक्राउ परेका धामीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:५७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
