दार्चुला –दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको दाबी गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ ०७:५१
प्रतिक्रिया दिनुहोस्