दार्चुला –दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ । महाकाली नगरपालिका–८ असिगडामा ४ वर्षीय अनिलसिंह धामीको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको थियो । बालकलाई उपचारका लागि जिल्ला अस्पताल पुरयाएपनि त्यहाँ उपचार सम्भव नभएपछि भारत लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १७:४५
प्रतिक्रिया दिनुहोस्