Sagun Khabar
थप ३४जनामा कोरोना पुष्टि, १२ले कोरोना जिते 

बैतडी
बैतडीका थप ३४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । आज गरिएकोे पिसिआर परिक्षणमा दशरथचन्द नगरपालिका र पुर्चौडी नगरपालिकाका १२–१२जनामा संक्रमण पुष्टी भएको छ । 

यसैगरि पाटन नगरपालिकाका र सिगास गाउँपालिकाका ३–३ जना तथा सुर्नया गाउँपालिकाका १जनामा संक्रमण पुष्टी भएको छ । 

Atrya hospital

यसैगरि एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा पाटनका २जना र पुर्चौडीका १जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

आज बैतडीको बिभिन्न ठाउँका १२जना संक्रमण मुक्त भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ९८ कायम भएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update