Sagun Khabar
व्यवसायी गुप्ताद्धारा १० बोरा चामल सहयोग 

बैतडी
बैतडीमा समस्यामा रहेका मजदुरवर्गलाई राहतका लागी सहयोग संकलन गरिरहेको सिवांस हेल्प फाउण्डेशनलाई घनगढीका एक व्यवसायीले १० बोरा चामल सहयोग गर्ने भएकाछन् । 


सारदा राइस मिलका सञ्चालक राहुल गुप्ताले समस्यामा परेका ब्यक्तिका लागी भन्दै सहयोग गर्ने बताएकाछन् । 

Atrya hospital

कोरोनाको प्रकोप तिब्र रुपमा फैलिइरहेका बेला जारी गरिएको निशेधाज्ञाका बेला मजदुरी गर्न नपाई समस्यामा परेका ब्यक्तिहरुलाई राहत दिन भन्दै सिवांस हेल्प फाउण्डेशनले सहयोग रकम संकलन गरिरहेको छ । 

उक्त राहत बितरणका लागी हालसम्म फाउण्डेशनमा ७०हजार बढि रकम संकलन भएको फाउण्डेशनका अध्यक्ष महेश अवस्थीले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update