Sagun Khabar
नेतृ चन्दको पहलमा भरिए अक्सिजन सिलिण्डर

बैतडी
जिल्ला अस्पताल बैतडीमा रहेका अक्सिजन सिलिण्डर नेपाली कांग्रेस महिलानेत्रि कान्ता चन्दले आफ्नै लगानीमा भरिदिएकी छन् ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाल परिवार नियोजन संघकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी चन्दले आफ्नै ब्यक्तिगत लगानीमा १२वटा सिलिण्डर भरेको बताइन् । 

Atrya hospital

यसकासाथै उनले स्वास्थ्यकर्मीहरुका लागी १५सेट पिपिई र २हजार ५सय पिस मास्क बितरण गरेकी छन् । आफुले गरेको सानो सहयोगले केहि ब्यक्तिको उद्धार हुने भन्दै सहयोग गरेको नेृत चन्दले बताइन् ।

कोरोना भाइरस संगको लडाइका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मि र समस्यामा परेका ब्यक्तिलाई सहयोगगर्नु सबैको दायित्व हुने उनले बताइन् । 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update