Sagun Khabar
बैतडीमा उपभोग्य सामग्रीको भाउ आकासियो

बैतडी
अहिले बैतडीका बिभिन्न बजारहरुमा दैनिक उपभोग्य सामग्रीको भाउ आकासिएको छ । कोरोना कहरका कारण जारी गरिएको निशेधाज्ञाका बेला बजारमा खाद्यान्नको भाउ बढेकोहुदाँ स्थानिय उपभोक्ता समस्यामा परेकाछन् ।

केहिदिन अघि ३८रुपयाँ प्रति के.जी.मा पाउने मोटो चामल स्थानिय बजारमा ५३ रुपयाँ पुगेको मेलौली नगरपालिका ३का स्थानिय शिक्षक मिनबहादुर चन्दले बताए । यसैगरी चिनि यसअघि ८० देखि ९० रुपयाँ प्रतिकेजी रहेकोमा अहिले १सय ३० रुपयामा बिक्रि भैरहेको उनले बताए । 

Atrya hospital

सबैजसो सामग्रीमा भाउ बढेको स्थानिय उपभोक्ताहरुले बताएकाछन् । यसरी उपभोग्य सामग्रीको बजारभाउ आकासिएकाले मजदुरवर्ग मारमा परेकाछन् । अहिले निशेधाज्ञाका बेला मजदुरी समेत गर्न नपाउदाँ दैनिक जिवन धान्नै मुस्कील भएको बैतडीको दशरथचन्द नगरपालिका १का खेम लोहारले बताए । 

यता ब्यापारिहरुले भने सामानको खरिद मुल्य नै बढेर आएकाले महंगोमा सामान बेच्नु परेको बताएकाछन् । आफुहरुले थोक मुल्यमा सामान खरिद गर्दा नै निर्धारीत मुल्य भन्दा बढिमा पाउने गरेको सुर्नया ३ का ब्यापारि बिरेन्द्र प्रशाद भट्टले बताए ।

बजार अनुगमनका क्रममा धेरैजसो ब्यापारिबाट सामानको भाउ बढेको गुनासो आएको सुर्नया ३का वडाअध्यक्ष दिलाराम भट्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update