दार्चुला – दार्चुलामा एमालेको प्रचारमा प्रयोग गरिएको जिप दुर्घटनामा परेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–१ मेलखेतमा म १ ज २३९ नम्बरको जिप शनिबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेको प्रचार प्रसारमा प्रयोग गरिएको उक्त जिप सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
जिप मालिकार्जुन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष लोकेन्द्रसिंह धामी रहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ११:५९
प्रतिक्रिया दिनुहोस्