Sagun Khabar
७३ जनाले कोरोना जिते, ७९ संक्रमित थपिए 

बैतडी
बैतडीका थप ७९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । मंगलबार थपिएका संक्रमितहरुमा सिगास गाउँपालिकाका ५२ जना र दशरथचन्द नगरपालिकाका २७ जना रहेकाछन् । त्यसैगरि मंगलबार ७३ जना संक्रमण मुक्त भएकाछन् ।

यो संगै बैतडीमा सक्रिय संक्रमीतको सख्या ८ सय ७६ कायम भएको छ । जसमा दशरथचन्द नगरपालिकामा सबैभन्दा बढि ३ सय ७६ जना सक्रिय संक्रमित रहेकाछन् ।

Atrya hospital

यसैगरि पाटन नगरपालिकामा १ सय ७२, सिगास गाउँपालिकामा १ सय २, मेलौली नगरपालिकामा ५०, सुर्नया गाउँपालिकामा ४६ जना सक्रिय संक्रमित रहेकाछन् ।

यसैगरि दोगडाकेदार गाउँपालिकामा ३३, सिबनाथ गाउँपालिकामा ३०, पञ्चेस्वर गाउँपालिकामा २४, पुर्चौडी नगरपालिकामा १९ र डिलाशैनी गाउँपालिकामा १६जना सक्रिय संक्रमित रहेकाछन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update