Sagun Khabar
स्वास्थ्यचौकीहरुमा औषधी र ल्यापटप बितरण 

बैतडी
बैतडीको पुर्चौडी नगरपालिकाले स्वास्थ्यचौकीहरुमा औषधी र ल्यापटप बितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक बर्षको रकमबाट खरिद गरेका उक्त सामग्री पालिकाका १० ओटै स्वास्थ्य सस्ंथाहरुलाई हिजो बितरण गरिएको हो ।

पुर्चौडी नगरपालिकाभित्र रहेका सबै स्वास्थ्यचौकीमा एक–एक ल्यापटप बितरण गरिएको नगरपालिकाका उपमेयर जानकी ऐर बमले बताइन् । 

Atrya hospital

यसैगरि नगरपालिकाभित्रका सबै बिद्यालयहरुलाई सेनेटरी प्याड पनि हिजै बितरण गरिएको छ । बिद्यालयका छात्रा र शिक्षिकाहरुलाई महिनावारि भएकाबेला सजिलो होस भन्नका लागी प्याड बितरण गरिएको उपमेयर बमले बताइन् । 

अहिले कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको अवस्थामा स्वास्थ्य सस्ंथाहरुमा औषधीको अभाव नहोस भन्नका लागी औषधी बितरण गरिएको र अन्य सामग्री समेत केहि समय अघि नै खरिद गरिएकाले उक्त सामग्री बितरण गरेको नगरपालिकाले जनाएको छ । यी सामग्री बितरणपछि स्वास्थ्यचौकी र बिद्यालयहरुलाई केहि सजिलो हुने बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update