Sagun Khabar
कोरोना रिपोर्ट ढिलो आउदाँ समस्या

बैतडी

कोरोना भारसको परिक्षणका लागी स्वाव संकलनपछि रिपोर्ट आउनमा ढिलाई हुदाँ समस्या भएको छ । परिक्षणका लागी स्वाव दिएका ब्यक्ति रिपोर्ट नआउदाँसम्म समाजमा घुलमिल भइरहने भएकाले समस्यामा भएको हो ।

Atrya hospital

स्वाव संकलन गरेको १हप्ता सम्मपनि संक्रमण भए/नभएको बिषयमा जानकारी नहुदाँ समस्या हुने गरेको छ । आफुले स्वाव दिएको ७दिनपछि मात्रै संक्रमीत भएको बिषयमा जानकारी पाएको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंखबहादुर शाहले बताए।

यसैगरि आफुले स्वाव परिक्षणका लागी डडेल्धुरा पठाएको ८ दिनपछि मात्रै संक्रमण भएको बारे जानकारी पाएको पाटन ६का पदम बिकले बताए।

जिल्ला अस्पताल बैतडीमा स्वाव दिएको कम्तीमा १दिन र बढिमा १ हप्तासम्म लाग्ने गरेको बताइएको छ । मेसिनको क्षमता र जनशक्तीको अभावका कारण स्वाव संकलन केहि समय पर्खनुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । अहिलेपनि जिल्ला अस्पतालमा ७ सय ब्यक्तिको स्वाव परिक्षण हुन बाकिँ रहेको उनले बताए। बैतडीमा भने अन्य ठाउँको तुलनामा छिटो रिपोर्ट आउने गरेको उनले बताए । कोरोना परिक्षणका लागी स्वाव दिएका सबैले स्वाव दिएकै बेलादेखि अलग्गै बस्नुपर्नेमा उनको जोड छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update