Sagun Khabar
बैतडी : हप्तामा तीनदिन मात्रै बैंक खुल्ने 
Atrya hospital

बैतडी –कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा निषेधाज्ञाको अवधि थपिएपछि बैंक पनि हप्तामा तीन दिन मात्रै खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डले जारी गरेको आदेशमा जिल्लामा रहेका बैंक तथा बित्तीय संस्थाहरु हप्ताको तीन दिनमात्रै खुला रहने उल्लेख गरिएको छ ।

बैंक खुला रहेको दिन पनि बिहान ७ देखि ९ बजे सम्म मात्रै सञ्चालन हुनेछन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार राष्ट्रिय वाणिज्य बैंक आइतबार, मंगलबार र बिहीबार बिहान ७ देखि ९ बजे सम्म मात्रै खुला रहने राष्ट्रिय वाणिज्य बैंक बैतडीका शाखा प्रबन्धक पुरुषोत्तम लेखकले बताए  ।

बैंकमा पनि भीडभाड हुने भएकाले बैंक तथा बित्तीय संस्थाहरु पनि हप्ताको तीनदिन, दिनको दुई घण्टा मात्रै खोल्न निर्देश गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए  । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update