Sagun Khabar
आइतबार सुदूरपश्चिममा २१७ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –आइतबार सुदूरपश्चिममा २१७ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये २१७ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै पछिल्लो विवरण अनुसार सुदूरपश्चिममा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । कैलालीका ९, कञ्चनपुरका ५, डडेल्धुरा र बझाङ २÷२, बैतडी, दार्चुला र अछामका १÷१ गरी २१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै २ हजार १९६ नमूना परीक्षण गर्दा थप १ हजार ५७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update