Sagun Khabar
महिला नेतृत्व मञ्च बैतडीले पठायो केन्द्रलाई ज्ञापन पत्र, मुख्य पदमा नेतृत्व पाउनु पर्ने माग  

बैतडी-  महिला नेतृत्व मञ्च बैतडीले मुख्य पदमा महिलाको नेतृत्व सुनिश्चित गर्नुपर्ने भन्दै नेपाल महिला संघ बैतडी र नेपाल महिला संघ केन्द्रलाइ आज मङ्गलबार ज्ञापन पत्र बुझाएको छ ।आउदो बैशाख ३० गते भईरहेको स्थानीय तहको निर्वाचनमा महिलाहरुको समानुपातिक समावेशी नेतृत्व संगै मुख्य पदमा महिलाको नेतृत्व सुनिश्चित गर्नुपर्ने भन्दै नेपालि कांग्रेस प्रदेश कमिटि सदस्य टेकराज जोशी र नेपाल महिला संघ पुर्ब केन्द्रीय सदस्य कान्ता शाह चन्दलाई ज्ञापन पत्र बुझाएको हो ।

गएको स्थानिय तहको निर्वाचनमा देशैभरी महिलाको ४० प्रतिशत नेतृत्व सुनिश्चित गरेको भएपनी वडा तह देखी नगरपालिका सम्म पाँच बर्ष सम्म गरिएका बैठक तथा गोष्ठीहरुमा धेरै जसो एजेन्डा तथा प्रस्तावहरु पुरुषहरुबाट मात्रै राख्ने काम भएका र वडा तहका अधिकांश बैठकहरुमा निर्वाचित महिलाहरुको नाममा मात्र सिमित रहेको देखीएकाले अवका दिनमा महिलाहरुलाई मुल नेतृत्वको माग गर्दै  ज्ञापनपत्र बुझाएको महिला नेतृत्व मञ्च बैतडीका संयोजक अनिता ज्ञवाली शाहले बताईन । 

महिलाहरू मुल नेतृत्वमा नरहेकाले निर्वाचितहरुबाट लक्षित समुदायका महिलाहरुका सवाल राख्न नसकीएका,स्थानीय तहका योजना तर्जुमा प्रक्रियामा महिलाहरुका सवाल अपेक्षा अनुसार समेटन नसकिएका ,लक्षित समुहका महिलाहरुको लागी जिविकोपर्जन,क्षमता विकासका कार्यक्रमहरुमा कठिनाई भएकोले अबका दिनमा राज्यका सवै संरचनाहरूमा महिलाको समानुपातिक समावेशी नेतृत्व संगै मुख्य पदमा समेत अर्थपुर्ण स्थायी नेतृत्व सुनिश्चित गर्न जरुरी रहेको कुरा सहित ४ ओटा माग राखेर यो भन्दा अगाडी बैतडीमा रहेका दलका प्रमुख तथा प्रतिनिधिहरूलाई ज्ञापन पत्र बुझाएको र आज नेपाल महिला संघ पुर्ब केन्द्रीय सदस्य कान्ता शाह मार्फत केन्द्र सम्म ज्ञापन पत्र पठाएको शाहले बताईन । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update