Sagun Khabar
उम्मेद्वार छनोट गरेर सिफारिस पठाउन नेपाली काँग्रेस बैतडीको निर्देशन 

बैतडी-नेपाली काँग्रेस बैतडीले स्थानीयतहरुलाई उम्मेद्वारहरु छनोट गरेर   सिफारिस पठाउन  निर्देशन गरेको छ । आज एक सूचना जारी  गर्दै  नेपाली कांग्रेस बैतडीले बैशाख  ६ गते भित्र उम्मेद्वारहरु छनोटगरि सिफारिस पठाउन सात ओटा पालिका कार्यसमिति तथा मातहतका वडा कार्यसमितिलाई परिपत्र मार्फत निर्देशन गरेको  हो ।

आज एक सूचना जारी गरेर काँग्रेस बैतडीले दोगडाकेदार,पञ्चेश्वर र डिलाशैनी गाउँपालिका बाहेकका अन्य सात पालिकाहरुलाई यस्तो आह्वान गरेको हो । आगामी बैसाख ३० गते हुने स्थानीयतहको  निर्वाचनका लागी पालीका अध्यक्ष ,उपाध्यक्ष नगर प्रमुख उप प्रमुख र  मातहतका वडा अध्यक्ष एंव सदस्य पदका प्रत्यासी उम्मेदवारहरु छनोट गरी बोधार्थ प्रदेश सभा क्षेत्रीय कार्य समिती तथा जिल्ला कार्य समितीलाई मगंलबार भित्र सिफारिस पठाउनु निर्देशन  गरिएको  सभापति चतुर बहादुर  चन्दले  जानकारी दिए  ।

यस्तै पालिकामा आगामी स्थानीय  तहको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन भई उम्मेदवारी छाड्नुपर्ने अवस्था आएमा उम्मेदवारी छाड्न समेत तयार रहनु पर्नेछ भन्ने समेतको व्यहोरा आकांक्षी उम्मेदवार लाई जानकारि गराई प्रतिबद्धता पत्र समेत भरि पालिकामा सुरक्षीत राख्न  आग्रह गरिएको जिल्ला सभापति चतुर बहादुर चन्दद्वारा  हस्ताक्षरित पत्रमा भनिएको छ  । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update