बझाङमा करेन्ट लागेर युवकको मृत्यु
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका ८ जसपाला बस्ने २४ वर्षीय राजन बोहराको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।
सोही ठाउँस्थित सानीगाड लघु जलविद्युत आयोजनाबाट उत्पादित भई संचालनमा आएको विद्युत लाईन बिग्रिन गई मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको थियो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १५:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
