Sagun Khabar
वडा स्तरीय आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

युनिसेफ नेपालको सहयोगमा रेडक्रस बैतडीबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।  वडामा रहेका संक्रमितको संख्या हेरेर २ सय ५० देखि ३ सय माक्स, सेनिटाइजर, पल्स अक्सीमिटर, थर्ममिटर लगायत स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रस बैतडी शाखाका स्वास्थ्य समिति संयोजक दुर्गादत्त जोशीले बताए ।

Atrya hospital

स्वास्थ्य सामग्रीले आइसोलेसनमा रहेका संक्रमितहरुलाई सहज भएको दशरथचन्द नगरपालिका–९ का वडाध्यक्ष हरिचन्द्र जोशीले जानकारी दिए ।

स्वास्थ्य सामग्री अभाव भइरहेको बेला सहयोग स्वरुप स्वास्थ्य सामग्री पाएपछि कोरोना संक्रमितहरुको हेरचाह र स्वास्थ्य अवस्था बुझ्न सहज भएको दशरथचन्द नगरपालिका–२ का वडा स्तरीय विपद व्यवस्थापन समितीका संयोजक एंव वडाध्यक्ष रनबहादुर बोहराले बताए ।

नेपाल रेडक्रस सोसाइटीले नगरपालिकामा संक्रमितहरु बसेको आइसोलेसनमा पुगेरस्वास्थ्य सामाग्री वितरण गर्नुका साथै उनीहरुलाई मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरेको रेडक्रस बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update