Sagun Khabar
‘सुशासन कायम गर्न मेरो उम्मेद्वारी’ : लख्खाभाई

बैतडी – दशरथचन्द नगरपालिकामा सुशासन कायम गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको एमालेका प्रदेश कमिटि सदस्य पुष्करराज जोशी (लख्खाभाई)ले बताएका छन् । सगुन अनलाइन टिभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै लख्खाभाईले दशरथचन्दको मेयरमा आफूले एमालेबाट उम्मेद्वारी दिने र यो उम्मेद्वारीे नगरको विकास र समृद्धिका लागि भएको बताए । 

गएको स्थानीय तहको निर्वाचनमा ६२ मतले मेयरमा पराजित भएका लख्खाभाईले आसन्न चुनावमा भने विजय हासिल गर्ने आसा गरेका छन् । उनले भने ‘पहिला पनि जनमतको अपमान भएको हो । मैले अढाई बर्ष सम्म मुद्दा पनि लडे । अब जनमत प्राप्त गरेर विजयी हुन्छु । यसमा म ढुक्क छु ।’

अखण्ड सुदुरपश्चिम आन्दोलनबाट चर्चामा आएका जोशी पछिल्लो समयमा नेकपा एमालेमा आवद्ध भएका छन् । एमालेमा आवद्ध भएपछि उनलाई अहिले मेयरको उम्मेद्वार बनाउने निर्णय समेत भईसकेको छ । नगरपालिकाको अहिलेको नेतृत्वले काम गर्न नसकेकाले जनताले आफूलाई मत दिने उनले दाबी गरे । उनले भने ‘दशरथचन्द नगरपालिकाले ५ बर्ष सम्म खासै उपलब्धि गरेको छैन् । नेतृत्व नै फेल हुँदा समस्या भएको छ ।’

स्थानीय तह नागरिकको जनजिविकासंग जोडिएको सरकार भएकाले यसले विकास निर्माणका साथै नागरिकको रोजगारीसंग जोडिएका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने ‘हामीले स्थानीय नागरिकको आवश्यकता अनुसार रोजगारको सिर्जना गर्नुपर्दछ ।त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो प्रतिबद्धता छ ।’

नगरपालिकाको शिक्षा,स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा आमूल परिवर्तनका लागि आफूले पहल गर्ने जोशीले बताए ।

जोशीसंग गरिएको विस्तृत कुराकानी तलको लिंकमा क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।

 

 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update