Sagun Khabar
बैतडीमा आइतबार थप ६० जनामा कोरोना पुष्टि, ६ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा आइतबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा एकजना र पीसीआर विधिबाट परीक्षण गर्दा थप ५९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९१५ पुगेको छ । 

आइतबार मेलौली नगरपालिकाका २७, शिवनाथ गाउँपालिकाका ११, दशरथचन्द नगरपालिकाका ७, डिलाशैनी गाउँपालिकाका ५, पञ्चेश्वर गाउँपालिकाका ४, सिगास गाउँपालिकाका ३, पाटन र सुर्नया गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको छ । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३७५, पाटन नगरपालिकामा २०८, मेलौली नगरपालिकामा ५४ र पुर्चौंडी नगरपालिकामा २४ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ७०, सिगास गाउँपालिकामा ५०, सुर्नया गाउँपालिकामा ३७, दोगडाकेदार गाउँपालिकामा ३४, शिवनाथ गाउँपालिकामा ३० र डिलाशैनी गाउँपालिकामा १७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै अन्य ठाउँका १६ जना सक्रिय संक्रमित पनि बैतडीमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । आइतबार बैतडीमा ६ जनाले कोरोना जितेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update