दार्चुला –नेकपा एमालेले दार्चुलाको लेकम गाउँपालिकामा अध्यक्ष पदका लागि फेरी परमानन्द जोशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीको गाउँपालिका कमिटिले जोशीलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
गाउँपालिका उपाध्यक्षमा वर्तमान उपाध्यक्ष माधवी जोशी र जिल्ला कमिटी सदस्य सुशीला अवस्थी आकांक्षा देखिनुभएको छ । तर उपाध्यक्षमा पनि सहमतिमै उम्मेद्वारको टुंगो लगाउने एमालेले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८ १६:०५
प्रतिक्रिया दिनुहोस्