Sagun Khabar
बैतडीको पाटन नगरपालिकाका ३ वडा पूर्ण रुपमा सिल

बैतडी- बैतडीको पाटन नगरपालिकाका ३ ओटा वडालाई पूर्ण रुपमा सिल गरिएको छ । ती वडाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वडाहरुलाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको हो ।

आइतबार वडा नं ८मा बसेको सर्वपक्षीय बैठकले तीनओटै वडालाई जेठ १७ गते सम्मका लागि सिल गर्ने निर्णय भएको पाटन नगरपालिका वडा नं ९का वडा अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए  ।

Atrya hospital

आइतबार मात्रै पाटन नगरपालिका वडा नं ८ का ३४ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएपछि तीनओटै वडालाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको वडा नं ८ का वडा अध्यक्ष पृथ्वीराज पन्तले जानकारी दिए  ।

कोरोना संक्रमणकै कारण ज्यान जाने थालेपछि वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको हो । सिल गरिएको अवधिमा एक वडाबाट अर्को वडामा जान पाइने छैन् भने वडाभित्र रहेका सबै बजारहरु पूर्ण रुपमा बन्द रहनेछन् । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update