Sagun Khabar
विश्व हिन्दू महासंघका बरिष्ठ उपाध्यक्ष साउँदको पहलमा स्वास्थ्यसामग्री 
Atrya hospital

बैतडी – विश्व हिन्दू महासंघका बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउँदको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहितका सामग्री कञ्चनपुर पठाईएको छ । विभिन्न ठाउँमा प्राप्त सामग्रीलाई काठमाण्डौंबाट कञ्चनपुर पठाइएको साउँदले जानकारी दिइन् ।

४ थान अक्सिजन कन्सन्ट्रेटर, अक्समिटर, मास्क, सेनेटाइजर लगायतका सामग्री पठाइएका उनले बताइन् ।

ती मध्ये एकथान अक्सिजन कन्सन्ट्रेटर सहितका सामग्री नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि पठाइएको उनले बताइन् । कोरोना भाईरसको महामारीबाट जोगाउन सहज होस भनेर स्वास्थ्य सामग्री पठाइएको साउँदले जानकारी दिइन् । 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update