Sagun Khabar
बैतडीको पाटन ३ मा एमालेबाट अध्यक्ष पदमा करुणाकर भट्ट उम्मेद्वार 

बैतडी –नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि आज वडा अध्यक्ष र सदस्यहरुको उम्मेद्वारी टुंगो लगाउँदैछ । केही वडामा सर्वसम्मत उम्मेद्वार चयन भईसकेका एमालेले जनाएको छ । 

पाटन नगरपालिका वडा नं ३ मा करुणाकर भट्टलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको छ । वडा कमिटिको बैठकले नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत रहेका  भट्टलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय सर्वसम्मत पारित गरेको  हो । 

गएको स्थानीय तहको निर्वाचनमा पनि उनी वडा अध्यक्षमा २ मतले मात्रै पराजित भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update