Sagun Khabar
सेती अस्पतलामा उपचाररत बैतडीका थप एकजना संक्रमितको मृत्यु 
Atrya hospital

बैतडी –सेती अस्पतालमा उपचाररात बैतडीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहानै इमरजेन्सीमा भर्ना भएका बैतडीको दशरथचन्द नगरपालिका ४ का २६ बर्षीय युवकको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

ती युवकमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सेती अस्पतालमा उनको उपचारकै क्रममा दिउँसो १२ बजेर १४ मिनेटमा मृत्यु भएको हो ।

यो संगै कोरोनाको दोश्रो लहर फैलिएपछि बैतडीका ८ जनाको ज्यान गईसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update