Sagun Khabar
शनिबार सुदूरपश्चिममा १४९ जनाले कोरोना जिते, १६ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार १४९ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लाका कोरोना संक्रमित मध्ये १४९ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दियापलले जनाएको छ ।

यसैगरी प्रदेशभरी पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ । कैलालीका ९, कञ्चनपुरका ४, बैतडी,बझाङ र डोटीका १÷१ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यसैगरी १ हजार ४९९  नमूना परीक्षण गर्दा थप ७७४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update