दार्चुला –दार्चुलाको महाकाली नगरपालिकामा बुधबार हंगामा मच्चिएको छ । दार्चुलाका पुराना व्यवसायी सर्पराज बडू र नगरपालिकाका इन्जिनियर प्रकाश साहुबीच विवाद भएर हंगामा मच्चिएको हो ।
महाकालीका नगरप्रमुख हंशराज भट्टले मध्यस्थता गरेपछि विवाद केही साम्य भएको छ । व्यवसायी बडूलाई सामान्य चोट लागेको छ । विवादपछिको हात हालाहालमा उनको ज्याकेट समेत च्यातिएको बताइएको छ ।
नगरपालिकाभित्र व्यवसायी बडुका करिब ४ करोड बराबरका दुई वटा ठेक्का चलिरहेका र भुक्तानीका लागि नगरपालिका पुग्दा भुक्तानी नदिएको उनको आरोप छ ।
भुक्तानीका लागि निवेदन समेत दिँदा इन्जिनियरले नटेरेपछि विवाद भएको बडुले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८ ०१:२७
प्रतिक्रिया दिनुहोस्