Sagun Khabar
बैतडीमा अक्सिजन सहयोग अभियान शुरु

बैतडी –बैतडीमा अक्सिजन सहयोग अभियान शुरु गरिएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा सो अभियान सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । 

कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिँदै गएको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको खबर आएपछि सो अभियान सञ्चालन गरिएको उनले बताए । उनले भने ‘अहिले पनि जिल्ला अस्पतालमा अक्सिजनको अभाव भईरहेको छ । अक्सिजनको जोहो गर्नका लागि केही गर्न सकिन्छ कि भनेर हामीले यो अभियान सञ्चालन गरेका हौं ।’

Atrya hospital

कोरोना भाईरसका संक्रमितहरुलाई अक्सिजन अभाव भएकाले अस्पतालमा अक्सिजन खरीदका लागि सहयोग गर्ने हिसाबले यो अभियान सञ्चालन गरिएको बताइएको छ । 

यसका साथै बढी रकम जमा भएमा अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको चन्दले जानकारी दिनुभयो । अक्सिजन सहयोग अभियानमा रकम संकलन हुने क्रम शुरु भएको चन्दले बताए ।

सहयोग गर्नुहुने महानुभावहरुले प्रतिष्ठानको राष्ट्रिय वाणिज्य बैंक बैतडीमा रहेको खाता नम्बर ४०५०१००००६९३५०१० मा रकम जमा गर्न सकिने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update