कञ्चनपुर –कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका कुन्डाका २७ वर्षीय गणेश साउँदको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पिकनिक गएका बेला भीमदत्त नगरपालिका–९ मा पर्ने कालिताल झरनामा नुहाउने क्रममा साउँद तालमा डुबेको र उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८ ०३:०७
प्रतिक्रिया दिनुहोस्