Sagun Khabar
शनिबार बैतडीमा थप ६ जनामा कोरोना पुष्टि 

बैतडी-बैतडीमा शनिबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा एकजना र पीसीआर प्रयोगशालामा परीक्षण थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा बझांग मष्टा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । 

Atrya hospital

यस्तै पीसीआर प्रयोगशालामा परीक्षण गर्दा पाटन नगरपालिकाका २ जना, पुर्चौंडी नगरपालिकाका २ जना र सुर्नया गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । यो संगै बैतडीमा सक्रिय संक्रमित संख्या ८६३ पुगेको छ । 

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३७१ जना, पाटन नगरपालिकामा २११ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा २४ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना,सिगास गाउँपालिकामा ४७ जना, सुर्नया गाउँपालिकामा ३६ जना, दोगडाकेदार गाउँपालिकामा ३४ जना, शिवनाथ गाउँपालिकामा २० जना र डिलाशैनी गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् । 

संक्रमित मध्ये धेरैजसो होम आइसोलेसनमा बसीरहेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्लामा निषेधाज्ञा पनि जारी रहेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update