Sagun Khabar
प्रदेश लोकसेवा आयोगका पदाधिकारीले शपथ लिए 
फोटो : शपथ लिँदै प्रदेश लोकसेवा आयोगका पदाधिकारी 
स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शपथ लिएका छन् । अध्यक्ष बोहरालाई प्रदेश प्रमुख शर्मालीकुमारी पन्तले शपथ गराएकी हुन् । 

प्रदेश प्रमुखको कार्यालय धनगढीमा बुधबार आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए  । प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेश प्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गरेकी थिइन् । 

डडेल्धुराको अजयमेरु गाउँपालिका–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलालीका प्रजिअ थिए ।
यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update