Sagun Khabar
कैलालीमा रुखबाट लडेर एक महिलाको मृत्यु 

कैलाली –कैलालीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी पार्वती साउँदको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

हिजो दिउँसो घर नजिकैको बारवन सामुदायिक वनमा घाँस काट्न गएकी साउँद साँझसम्म घर नफर्केपछि आफन्तहरुले खोजी गरेका थिए । खोजी गर्दै जाँदा उनी रुखबाट लडेर मृत्यु भएको अवस्थामा शनिबार बिहान ९ बजेतिर फेला परेकी प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update