१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीः कैलालीका ३४ वर्षीय युवक पक्राउ
१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा कैलालीबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८, दीपनगर निवासी ३४ वर्षीय युवराज आचार्य रहेका छन् ।
बालिकामाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले आचार्यलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाबारे पीडित पक्षको उजुरी आएलगत्तै प्रहरी टोली खटाइएको र आरोपीलाई तत्काल पक्राउ गर्न सफलता मिलेको छ ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आरोपीमाथि आवश्यक कानुनी प्रक्रिया र गहन अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३ १२:५६
प्रतिक्रिया दिनुहोस्




