Sagun Khabar
कञ्चनपुरको वेदकोट नगरपालिका साक्षर घोषणा 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको वेदकोट नगरपालिका साक्षर नगर घोषणा भएको छ । मंगलबार नगरपालिकाको वडा नम्बर–३ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो । 

नगरपालिकालाई साक्षर घोषणका लागि सबै सूचकांक पूरा भएपछि साक्षर नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । नगरपालिकाका ९५ प्रतिशत नागरिक साक्षर भइसकेपछि साक्षर घोषणा गरिएका उनले बताए । 

बाँकी निरक्षर रहेका नागरिकको पनि पहिचान गरी उनीहरुलाई साक्षर बनाइने भट्टले बताए । यसअघि जिल्लाको लालझाडी र बेलडाँडी गाउँपालिका साक्षर घोषणा भईसकेका शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०१:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update