Sagun Khabar
बैतडीमा चरेश सहित दुईजना प्रहरी नियन्त्रणमा 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडीमा चरेश सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका ६ शंकरपुरबाट मोटरसाइकलमा सुर्नया ५ तर्फ आउँदै गरेको बेला सुर्नया ५ रौलेश्वरका  अन्दाजी ३० बर्षीय सुरेश बिष्ट र सोही ठाउँका अन्दाजी २५ बर्षीय प्रकाश बिष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

मोटरसाइकलमा आइरहेका बेला रौलेश्वर प्रहरीचौकीको टोलीले चेकगर्दा सुरेश बिष्टले बोकेको झोलामा ७ सय ग्राम चरेश भेटिएको प्रहरी प्रवक्ता खड्काले बताए । 

झोलामा सो पदार्थ भेटिएपछि सु प प्र ४००१ प ००१५ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक खड्काले बताए । उनीहरुमाथि अनुसन्धान शुरु गरिने उनले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update