दार्चुला –दार्चुलामा महाकाली नदीको धार परिवर्तन गर्न प्रयोग भएको स्काभेटरको चाबी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको उनले बताए ।
सशस्त्र प्रहरीले चाबी खोसेपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ गरेर स्काभेटर भारत तर्फ लगेका छन् । भारतले महाकाली नदीको बहाव नेपाल तर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेकाले स्थानीयहरुले विरोध गर्दै आएका थिए । तर सरकारले अहिले सम्म केही नगरेको भन्दै स्थानीयहरु आक्रोशित समेत भएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८ ०३:१४
प्रतिक्रिया दिनुहोस्