दार्चुला –दार्चुलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ रिल बसेडीका ५७ वर्षीय मोहन सिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सिँचाइका लागि कुलोमा पानी लगाउन जाने क्रममा भ्याल्ले छहरा भन्ने स्थानमा उनी भिरबाट लडेर घाइते भएका थिए ।
कुलोबाट करीब १५० मिटर तल खसेको बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ ०५:३९
प्रतिक्रिया दिनुहोस्