दार्चुला –दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बिहीवार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई २४ घण्टापछि उद्धार गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिकहरुको टोलीले चितुवाको उद्धार गरेको हो । चितुवालाई होसमा आएपछि अवस्था हेरेर प्राकृतिक वन क्षेत्रमा छाडिने बताइएको छ।
हिजो दिन र रातभर वन कर्मचारी र प्रहरीले पहरा दिएका थिए । बिहान पुगेको टोलीले डार्ट गरी चितुवालाई लठ्याएर नियन्त्रणमा लिएको दार्चुलाका निमित्त वन डिभिजन प्रमुख परमानन्द कुँवरले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८ ०२:४९
प्रतिक्रिया दिनुहोस्