Sagun Khabar
डडेल्धुराको साहुखर्कमा सुख्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध 
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा सुख्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । बुधबार जिल्लाको साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो खस्दा सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको हो । 

सडकमा खसेको पहिरो पन्छ्याउने काम भईरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  २३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update