Sagun Khabar
बैतडीको दनपा १ मा आइसोलेसन कक्ष तयार 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले आइसोलेसन कक्ष तयार पारेको छ । कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि नगरकार्यपालिकाले गरेको निर्णय अनुसार आइसोलेसन कक्ष तयार पारिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए । उनले भने ‘कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि हामीले त्यसको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेका छौं । संक्रमितहरुलाई आइसोलेसनमा बसीदिन पनि आग्रह गर्दछौं ।’

वडा नं १ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय मणिलेकमाण्डौंको भवनमा आइसोलेसन कक्ष तयार पारिएको वडा अध्यक्ष भट्टले बताए । अहिले १० बेडको आइसोलेसन तयार पारिएको छ भने थप १० बेडका लागि आवश्यक सामग्रीको जोहो गरिएको उनले बताए । 

Atrya hospital

वडामा रहेका कोरोना संक्रमितहरुलाई आइसोलेसनमा राख्नका लागि आइसोलेसन कक्ष तयार पारिएको वडा अध्यक्ष भट्टको भनाई छ । 

कोरोना संक्रमितहरुलाई आइसोलेसनमा बस्न समेत उनले आग्रह गरे । यसका साथै स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिन पनि वडा कार्यालयले आग्रह गरेको छ । 

दशरथचन्द नगरपालिकाले प्रत्येक वडामा आइसोलेसन बनाउने निर्णय गरेकाले सोही निर्णय अनुसार प्रत्येक वडामा आइसोलेसन कक्ष तयार पार्ने क्रम जारी रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update