Sagun Khabar
शुक्रबार सुदूरपश्चिममा २१३ जनाले कोरोना जिते, ३० जनाको मृत्यु 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा शुक्रबार २१३ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लाबाट २१३ जनाले शुक्रबार कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै प्रदेशभरी एकैदिन कोरोनाबाट ३० जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार कैलालीका १२, कञ्चनपुरका ८, डडेल्धुराका ३, अछाम र दार्चुलाका २, डोटी,बझाङ र बाँकेका १÷१ जनाको मृत्यु भएको छ ।

यस्तै २ हजार ६ नमूना परीक्षण गर्दा थप ९६४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९६४ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update