Sagun Khabar
डडेल्धुरामा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना 

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिकामा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिएको छ । महिलाहरुको राजनीतिमा अर्थपूर्ण सहभागिता गराउन सहज होस भनेर महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिएको हो । 

अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले अमरगढी नगरपालिकासंग मिलेर मञ्चको कार्यालय स्थापना गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । कार्यालय स्थापना भएपछि अब महिला नेतृत्व मञ्चमा आवद्ध महिलाहरुले विभिन्न बिषयमा सामूहिक रुपमा छलफल गर्ने उनले बताए । 

Atrya hospital

सोमबार महिला नेतृत्व मञ्चको कार्यालय उद्दघाटन गर्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले महिलाहरुको राजनीतिमा अर्थपूर्ण सहभागिताका लागि मञ्चले पहल गर्ने बताए । 

यस्तै उपप्रमुख संगीता भण्डारीले महिला नेतृत्व मञ्चमा आवद्ध महिलाहरुलाई विभिन्न बिषयमा छलफल गर्नका लागि अब सजिलो भएको बताइन् । 

महिला नेतृत्व मञ्चमा निर्वाचित महिला पदाधिकारी र सम्भावित उम्मेद्वारहरु रहेकाले उनीहरुका बीचमा महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका बिषयमा छलफल हुने रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए । 

रुडेसले अक्सफाम नेपालको सहयोगमा बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिका तथा डडेल्धुराको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा महिला नेतृत्व मञ्च गठन गरेको छ । ती मञ्चहरुमा महिला हक अधिकार र राजनीतिमा उनीहरुको सहभागिताका बिषयमा छलफल हुँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update