Sagun Khabar
बैतडीमा थप १३९ जनामा कोरोना पुष्टि, शुक्रबार १५ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार र शुक्रबार प्राप्त पीसीआर प्रयोगशालाको रिपोट अनुसार थप १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

 थप १३९ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ८५७ पुगेको छ । पछिल्लो विवरण अनुसार दशरथचन्द नगरपालिकाका ४८, पाटन नगरपालिकाका ४७, दोगडाकेदार गाउँपालिकाका १८, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका १०÷१०, पुर्चौंडी नगरपालिकाका ४, दार्चुला र नुवाकोटका एक÷एकजनामा कोरोना पुष्टि भएको हो । 

Atrya hospital

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमति दशरथचन्द नगरपालिकामा ३७१ जना, पाटन नगरपालिकामा २०९ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौैंडी नगरपालिकामा २२ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना, सिगास गाउँपालिकामा ४७ जना, सुर्नया गाउँपालिकामा ३५ जना, दोगडाकेदार गाउँपालिकामा ३४ जना र डिलाशैनी गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै बैतडीमा अन्य  जिल्लाका १४ जना सक्रिय संक्रमित पनि रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार १५ जनाले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update