कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका केही कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । नगरपालिकाभित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो ।
अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले कागजात नियन्त्रणमा लिएको जानकारी दिए । १० पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपीआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबीसहित पत्रकार खेम भण्डारीले उजुरी दिएका थिए ।
डिपीआर स्वीकृतिका लागि मन्त्रालयमा पठाइएकै अवस्थामा नगरपालिकाले १५ दिनअघि मल्ल गु्रप एण्ड कन्सल्टेन्सीलाई भुक्तानी दिएको हो ।