कञ्चनपुर – नेकपा (एमाले) सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । शनिबार महेन्द्रनगरमा भीमदत्त नगरस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो माग गरेका हुन् ।
स्थानीय तहको निर्वाचन अघि नै निर्मला पन्तका हत्यारा पत्ता लगाउन उनले सरकारसंग माग गरेका छन् । यस्तै सुदूरपश्चिमका ५१ प्रतिशत पालिकामा एमालेको नेतृत्व आउने उनले दाबी गरे ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८ १८:२८
प्रतिक्रिया दिनुहोस्