Sagun Khabar
करेन्ट लागेर घाइते भएका आयुषको उपचारका लागि सहयोग रकम पठाइयो 

बैतडी –बैतडीको पाटन नगरपालिका ४ का आयुष बिष्टको उपचारका लागि सहयोग रकम पठाईएको छ । गत वैशाख १२ गते करेन्ट लागेर घाइते भएका आयुषको अहिले भारतको रुद्रपुर स्थित नारायण अस्पतालमा उपचार भईरहेको र उनको  उपचारका लागि संकलन भएको सहयोग रकम पठाइएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक एवं सामाजिक अभियान्ता महेश अवस्थीले बताए । 

शिवांश हेल्प फाउण्डेसन मार्फत आयुषको उपचारमा सहयोग पुर्याउन रकम संकलन हुँदै आएको छ । अहिले सम्म संकलन भएको १ लाख १५ हजार ५३४ रुपैंया आयुषकी आमा शान्ति बिष्टको खातामा जमा गरिएको उनले बताए ।

Atrya hospital

नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण आयुष करेन्ट लागेर घाइते भएका थिए । गोठालो गएको बेला हातले विद्युतको तार छुँदा आयुषलाई करेन्ट लागेको थियो । 

आयुषको उपचारमा आर्थिक अभाव भएको कुरा बाहिर आएपछि सहयोग संकलन अभियान शुरु भएको अवस्थीले बताए  । अझै पनि अभियान जारी रहेको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update