Sagun Khabar
डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु 
Atrya hospital

डडेल्धुरा–डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो  । त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update