Sagun Khabar
अर्ली इलेक्सनको सम्भवना छैन : प्रचण्ड 

कैलाली –सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन्  

सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अर्ली इलेक्सनका बारेमा भ्रम फैलाइएको बताए । एमालेले संसद अवरोध गरिरहेको भएपनि अर्ली इलेक्सनको सम्भावना भने नरहेको उनले बताए । वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको र आफूहरु त्यसकै तयारी रहेको उनले बताए । 

यस्तै एक अर्को प्रसंगमा उहाँले प्रकाश सपूतले गाएको गीतका बारेमा धेरै उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताए । क्रान्तिका कतिपय कार्यभार अझै बाँकी रहेका उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update